आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाङ्गमा गोलि हानि महिला प्रहरीको हत्या

एपी खबर २०८० फागुन ४, शुक्रबार (२ महिना अघि) १४४ पाठक संख्या

दाङ । प्रहरी सहायक हवलदारले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल नेपालगन्ज बाँके)मा कार्यरत सहायक हवलदार यमबहादुर झाँक्रीले वडा प्रहरी कार्यालय घोराही(दाङ) मा कार्यरत प्रहरी जवान आफ्नै श्रीमती धनमाया थापा मगरलाई पेस्तोल प्रहारगरी हत्या गरेका हुन् । दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।

 

 

गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए । श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ । सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस