आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु,३० जना घाईते

एपी खबर २०८० फागुन ३, बिहिबार (२ महिना अघि) १२८ पाठक संख्या

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१, सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।अहिले बिहान महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।

 

 

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । तीमध्ये ९ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस