आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा कोभिड १९ को उच्च जोखिममा , आईतवार बिहान ५ बजेदेखि अर्काे सुचना जारी नभएसम्मका लागि निषेधआज्ञा

प्रिती कुमारी, जीतपुर २०७७ श्रावण १७, शनिबार (३ साल अघि) ४६३ पाठक संख्या

छिमेकी जिल्ला बीरगञ्जमा समुदायस्तरमै कोभिड १९ देखिएपछि बीरगञ्जले हाल एक घर एक पिसिआर अभियान चलाईरहेको छ । छिमेकी जिल्ला र बीरगञ्ज भन्सारबाट आवात जावत गर्ने राजमार्गको रुपमा रहेको जीतपुरसिमरा उपमहानगर अहिले संभावित जोखिममा रहेको छ ।

 

केही दिन अघि मात्र जीतपुरसिमरा उपमहानगरको जीतपुरमा रहेको स्वास्थ्य चौकीका एक कर्मचारी र सोही स्थानमा रहेको एक उद्योगका प्रमुख प्रशासकिय अधिकृतलाई कोरोना पोजेटिभ देखिएपछि हाल जीतपुर सिमरा क्षेत्र उच्च जोखिममा रहेको पाईन्छ ।

 

पोजेटिभ देखिएका दुवै जनालाई बीरगञ्ज स्थित गण्डक अस्पतालमा उपचार गराउने क्रममा उद्योगका प्रशासकिय अधिकृतको हिजो विहान मृत्यु भएको छ भने अर्का व्यक्तिको उपचार भईरहेको अस्पतालले जानकारी दिएको छ ।

 

स्वास्थ्य चौकीकै कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि जीतपुरसिमरा उपमहानगरका ८५ जना कर्मचारीहरुको स्वाव संकलनको कार्य भईरहेको छ । नगरपालिका अन्तर्गत रहेर वडामा काम गर्ने वडा सचिव देखि अधिकृत सम्मका व्यक्तिको स्वाव संकलन भईरहेको कार्यवहाक प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले बताउनुभयो ।

 

यता जिल्लामा कोरोना संक्रमितको संख्या बठ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर जिल्लाभर निषेधाज्ञा लागू गरेको जनाएको छ ।

 

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो ।

 

पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

 

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलगन रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ । उद्योगी व्यवसायीहरुले कलकारखाना सञ्चालन गर्दा कामदारलाई आफ्नो उद्योग, कलकारखाना परिसर भित्रको होस्टल तथा क्वाटरमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

 

बारामा हाल सम्म २०१ जनामा कोरना संक्रमिण पुष्टि भएको छ जसमध्य ३ जनाको मृत्यु भईसकेको छ । खुल्ला सिमाना, औद्योगिक क्षेत्रमा काम गर्ने भारतीय कामदार, पेट्रोलियम पदार्थ एवं भन्सारबाट नेपाल भित्रिने भारतीय सवारीका कारणले पनि यस क्षेत्रलाई उच्च जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस