आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सभामुख अग्निप्रसाद सापकोटामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि

AuthorAP Khabar२०७७ श्रावण १८, आईतबार (३ साल अघि) ४२९ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ । सभामुखको रक्षार्थ खट्ने एक सुरक्षाकर्मीेमा कोरोना देखिएकापछि सापकोटा र उहाँको सचिवालय टोली सबैको शुक्रबार स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

सभामुख सापकोटासहित सचिवालयका सबैको परीक्षण रिपोर्ट नेभेटिभ आएको उहाँको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्तालाई उदृत गर्दै जानकारी गराउनु भएको छ ।

‘स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो’ प्रेस सल्लाकार न्यौपानेले भन्नुभयो  ‘सम्माननीय सभामुख  उहाँकाे  सचिवालय तथा सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

शनिबार राति अबेर प्राप्त रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस