आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मेयर सराबगिको श्रीमति र छोरी सहित थप ४५ जना संक्रमित थपिए

एपी खबर २०७७ श्रावण १८, आईतबार (३ साल अघि) ४३३ पाठक संख्या

 वीरगन्ज कोरोनाले ठूलो संक्रमण फैलाईरहेको बीरगञ्ज महानगरमा थप ४५ जना संक्रमित भएका छन् ।
ती ४५ मध्य महानगरपालिकाका मेयर विजयकुमार सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

वीरगन्जका मेयर बिजय सरावगीलाई संक्रमण पुष्टी भएपछि उनको परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टी भएको हो ।

नारायणी अस्पताल वीरगंजको पीसीआर ल्याबले शनिवार मध्यरातमा सर्वजनिक गरेको रिपोर्ट अनुसार ५ वर्षकी बालिकादेखि ६२ वर्ष उमेर समूहका वृद्ध कोरोना संक्रमित भएका छन् ।

संक्रमितमध्ये वीरगंज ड्राइपोर्ट ५ जना पुरुष, वीरगंज ४ विर्ताका कन्ट्याक्ट् ट्रेसिङमा परेका १४ जना, वीरगंज ११ राधेमाइका १८ जना, वीरगंज १३ चिनी मिलका ४ जना, वीरगंज ३ छपकैया वडा न ४ भगवती टोल, वडा नं २२ मनियारी, ठोरी ३ निर्मलवस्ती, सखुवा प्रसौनीका १ , १ गरी कूल ४५ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस