आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

AuthorAP Khabar२०७७ श्रावण २५, आईतबार (३ साल अघि) ३३१ पाठक संख्या

पोखरा : पोखरामा एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–१९ का ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा राति ११ः३५ मा उनको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए । यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक–एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस