आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिरगंजमा दुइ डाक्टर गरि थप ७० जनामा काेराेना भाइरस संक्रमण

एपी खबर २०७७ श्रावण २७, मंगलबार (३ साल अघि) ५१८ पाठक संख्या

दुइ डाक्टर गरि थप ७० जनामा काेराेना भाइरस संक्रमण देखिएकाे छ ।वीरगञ्ज स्थित नारायणी अस्पतालकाे प्रयोगशालामा साेमबार राति गरिएको पीसीआर परिक्षण गर्दा २२ जना महिला र ४८ जना पुरुष गरि ७० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा पर्साका ६५ जना र बाराका ५ जनासहित ७० जना रहेकाे नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए। उनकाे अनुसार संक्रमित हुनेहरुमा ५ वर्षीय बालकदेखि ८६ वर्षीय वृद्धासम्म रहेका छन्।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका १ जना रहेका छन ।
थपिएको संक्रमितमध्ये नारायणी अस्पतालको क्वारेन्टाइनमा रहेका ५ वर्षीया बालिकासहित ३ जना , वीरगञ्ज माईस्थानका ३ जना र वीरगञ्ज बिर्ताका ८६ वर्षीय वृद्धसहित ९ र छपकैयाका ५ जना रहेको छन् ।

पुष्टि हुनेमा नेशनल मेडिकल कलेजका २ जना डाक्टर पनि हाे । त्यसैगरी संक्रमित हुनेमा धेरै जसाे वीरगञ्जको आदर्शनगर, रामटोल, मुर्लि, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघरलगायतका क्षेत्रका बासिन्दा रहेका छन् भने
पर्साको धोबिनी गाउँपालिका ३ का १ जना र जगरनाथपुर गाउँपालिकाक २ जना रहेका छन् ।

बाराको बिश्रामपुर गाउँपालिका ५ इटियाहीका १, पथलैया , सिमरा र कुटुवा बाराका थप १/१ जनागरी ४ जना र निजगढका एक जान शस्त्र प्रहरीमा संक्रमित पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस