आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जगदम्बा स्टील सिमराका ११ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि उधोग शिल

एपी खबर २०७७ श्रावण २९, बिहिबार (३ साल अघि) ७७५ पाठक संख्या

जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा बाराको सिमरामा रहेको जगदम्बा स्टीलमा सिलबन्दी गरिएको छ । उद्योगमा काम गर्ने ११जना मजदुरमा कोरोना भाइरस संक्रमण देखिएपछि उद्योग सिल गरीएको हो ।

उद्योगले भारतबाट मजदुर ल्याएर काममा लगाएको र गत बुधबार विभिन्न स्थानबाट ल्याइएका मजदुरहरुलाई राती ९ बजे भगाउन लागेपछि २७ जना मजदुरलाई उद्योगको गेटमै स्थानीयले समातेर सिमरा स्थित होटलमा क्वारेन्टाइन गरेका थिए । होटेलमा राखेका मजदुरलाई समेत स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जानकारी नदिई उद्योगले भगाएको थियो ।

उद्योगको गलत रबैयाका कारण सिमरामा कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै स्थानीयले उद्योग सिल गर्न चर्को दबाब दिएका थिए । आज साँझ उद्योगमा सिल गर्नका लागि इलाका प्रशासन कार्यालय प्रमुख लक्ष्मण ढकालको नेतृत्वमा गएको टोलीले उद्योगमा सिल गरेको थियो ।

सो अवसरमा इलाका प्रहरी कार्यालय इलाका सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठ,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठ, सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,राष्ट्रिय अनुसन्धानका दीपक चौधरी,वडा सदस्य रामचन्द्र अधिकारी,तराई यातायात व्यवसायी सङ्घका कोषाध्यक्ष नारायणप्रसाद घिमिरे,स्थानीय युवाहरु सुशील ढकाल, मनिष प्याकुरेल कृष्ण अधिकारी,इश्वर थपलिया, राजकुमार न्यौपाने, श्रीराम रेग्मी,गौरव नेपाल,सुमित नेपाल,हरि चौधरी,स्थानीय समाजसेवीहरु रबिन्द्र खकुरेल,आर के भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस