आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्जको नारायणी अस्पतालका प्रयोगशालामा दुई डाक्टरसहित थप ४९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

एपी खबर २०७७ श्रावण ३०, शुक्रबार (३ साल अघि) ४३३ पाठक संख्या

वीरगञ्ज ३० साउन : वीरगञ्जको नारायणी अस्पतालका प्रयोगशालामा दुई डाक्टरसहित थप ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

बिहीबार राति प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४९ जना नयाँ र एक जना संक्रमित व्यक्तीको दोश्रो पटकमा पनि संक्रमण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनको अनुसार नयाँ संक्रमित हुनेमा १२ जना महिला र ३७ जना पुरुष रहेका छन् ।

थपिएका नयाँ संक्रमितमा दुई वर्षीय बालकदेखि ५३ वर्षसम्मका रहेका छन । संक्रमित पुष्टि हुनेमा २६ जना पर्साका, २० जना बाराका , दुई जना महोत्तरीको जलेश्वर नगरपालिका र एक जना वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।

संक्रमितमध्ये सबैभन्दा धेरै बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका १९ जना रहेका छन् । सो उपमहानगरपालिकाको वडा नं. १४ देखि वडा नं. २५ सम्मका व्यक्तिमा संक्रमणको पुष्टि भएको छ भने पर्साका २६ जना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् ।

नारायणी अस्पतालको एनआईसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एकरएकजना स्टाफमा कोरोना देखिएको हो । अस्पतालका ३ जना स्विपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

ग्लोबल आईएमई बैंकका एक जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ भने जितपुरस्थित आर्मी ब्यारेकका एक जवान पनि रहेको छन ।

प्रतिक्रिया दिनुहोस