आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गर्भवती हुँदा स्वस्थ रहन कति र के खाने ?

AuthorAP Khabar२०७७ श्रावण ३१, शनिबार (३ साल अघि) ४५८ पाठक संख्या

एजेन्सी : धेरैजसो महिलाहरूलाई गर्भवती हुँदा कति खानुपर्छ भन्ने थाहै छैन । बेलायतको नेसनल च्यारिटी पार्टनरसिपले गराएको एक सर्वेक्षणको परिणामले यसतर्फ इशारा गरेको छ । गर्भवती महिलामध्ये जम्मा एक तिहाइलाई मात्र यस प्रश्नको सही जवाफ थाहा भएको सर्वेक्षणको नतिजाले देखायो ।

बेलायतमा मानिसहरूको स्वास्थ्यमाथि निगरानी गर्ने नाइस नामक संस्थाको सल्लाहअनुसार गर्भावस्थाको पहिलो ७ महिनामा अतिरिक्त क्यालोरी आवश्यक हुँदैन ।

तर गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाहरूले हरेक दिन २०० क्यालोरी अतिरिक्त लिनुपर्छ । यति क्यालोरी जैतूनको तेलमा तताइएको दुईवटा ब्रेडबाटै पाइन्छ ।

साधारणतया महिलाहरूले गर्भावस्थाका बेलामा दुईजनाका लागि भोजन गर्नुपर्ने आवश्यकता रहने अनुमान गरिन्छ : आफ्नै लागि र पेटमा भएको बच्चाका लागि ।

तर रोयल कलेज अफ अब्स्टेट्रिसियनन्स एन्ड गायनोकोलोजिस्ट्ससँग मिलेर नेसनल च्यारिटी पार्टनरशिपले यो मिथकलाई झुटो साबित गर्ने प्रयास गरेको छ ।

गर्भवती महिलाले हरेक दिन सामान्यतया दुई हजार क्यालोरी आवश्यक हुन्छ । यसमा ठोस र तरल दुवै पदार्थ पर्छन् ।

चिकित्सकहरूका अनुसार खाना सन्तुलित हुनुपर्छ जसमा फल र तरकारीहरू, कार्बोहाइड्रेट (पास्ता र आलु), प्रोटीन (दाल, माछामासु, दुग्ध पदार्थ) र बोसो समावेश हुनुपर्छ ।

रोयल कलेजका प्राध्यापक जेनिस राइमरका अनुसार गर्भवती अवस्थामा धेर खाँदा महिलाहरूलाई नोक्सानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस