आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण

एपी खबर २०७७ श्रावण ३२, आईतबार (३ साल अघि) ३६१ पाठक संख्या

वीरगञ्ज : नरायणी अस्पतालका कर्मचारीसहित पर्सा र बारामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा १० जना महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालका अनुसार वीरगञ्जका २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका १–१ जनामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस