आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा एकै दिन ६५ जना कोरोना संक्रमित

प्रिती कुमारी, जीतपुर २०७७ श्रावण ३२, आईतबार (३ साल अघि) ५९७ पाठक संख्या

बारामा आईतवार एकै दिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा जीतपुरसिमरा सिमरा उपमहानगरपालिकामा ३६ जना, महागढिमाईमा १७ जना, करैयामाईमा १० जना र कलैया उपमहानगरपालिकामा २ जना रहेको जील्ला प्रशासन कार्यालय बाराले जनाउको छ ।

 

संक्रमित हुनेमा ५ र ८ वर्षका बालक समेत रहेको जील्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्रप्रसाद पण्डितले जानकारी दिनुभएको छ । यसैगरी ६५, ६८, र ८५ वर्षका तिन जना बृद्ध समेत रहेको उहाँले जानकारी दिनुभयो ।

 

१६ जना महिला र ४९ जना पुरुष संक्रमित मध्ये सबैलाई आईसोलेशनका लागि ब्यवस्थापन गर्न जील्ला प्रशासन कार्यालय बारामा बैठक चलीरहेको समेत प्रमुख जील्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।

 

उहाँले जील्लामा कोरोनाको संक्रमण बढ्दै गएकोले सबैलाई घरमै बस्न र सचेत रहन समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस