आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरामा ३६ जनालाई कोरोना संक्रमण, जीतपुरमा मात्रै १३ संक्रमित

प्रिती कुमारी, जीतपुर २०७७ श्रावण ३२, आईतबार (३ साल अघि) ७६२ पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एकै दिन ३६ जनामा कोरोना संक्रमण देखिएको छ । साउन २९ गते गरीएको एक सय ८ जनाको पिसिआर परिक्षणमा ३६ जनालाई संक्रमण भएको पाइएको हो ।

 

संक्रमण हुनेमा सबै भन्दा बढि वडा नम्बर ७ जीतपुरमा रहेको अस्थायी कोरोना अस्पताल सिमराले जनाएको छ । वडा नम्बर ७ जीतपुरमा १३ जना, वडा नम्बर २३ मा ७ जना, वडा नम्बर ५ मा ४ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर १६ का १ जना, वडा नम्ब्र १२ का २ जना रहेको अस्थायी कोरोना अस्पताल सिमराका डाक्टर दिपक गिरीले जानकारी जानकारी दिनुभयो ।

 

सोहि दिन थप ३५ जनालाई गरीएको स्वाब संकलनको परिक्षण गर्न भरतपुर पठाइएको र त्यसको रिपोर्ट आउन बाकिँ रहेको समेत डा. गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस