आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ब्राजिलमा एकै दिन थपिए २२ हजार कोरोना संक्रमित

AuthorAP Khabar२०७७ भाद्र १, सोमबार (३ साल अघि) २७२ पाठक संख्या

एजेन्सी : साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २२ हजार संक्रमित थपिएका छन् ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २२ हजार ३६५ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित हुनेको संख्या ३३ लाख ४० हजार १९७ पुगेको छ ।

यस्तै एकै दिन ५८२ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार ८७९ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २४ लाख ३२ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ९९ हजार ८६२ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस