आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाबाट नेपालगञ्जमा थप एकको मृत्यु

AuthorAP Khabar२०७७ भाद्र २, मंगलबार (३ साल अघि) ६२२ पाठक संख्या

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगैै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

उनको सोमबार राति ११ बजेर ४० मिनेटमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

गत साउन ३० गते कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । उनमा निमोनिया देखिएको अस्पताललाई फोकल पर्सन श्रेष्ठले जानकारी दिए । सोमबार दिउँसो उनको स्वाब संकलन परीक्षण गरिएको थियो । उनमा कोरोना पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस