आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

AuthorAP Khabar२०७७ भाद्र २, मंगलबार (३ साल अघि) २८७ पाठक संख्या

पोखरागण्डकी प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा नगरपालिकामा रहेको कास्की सेवा अस्पतालमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना संक्रमितको मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार राति ११ बजेर ३५ मिनेटमा आइसियुमा उपचाररत तनहुँ जिल्ला निवासी ५० वर्षीय महिलाको मृत्यु भएको हो । उनको कास्की सेवा अस्पतालमा उपचार भइरहेको थियो । संक्रमित महिलामा हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर, मुटुको समस्या रहेको अस्पतालका निर्देशक डा पदमबहादुर खड्काले जनाकारी दिए ।

उनको सोमबार स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेशकी जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले बताए ।

त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कास्की जिल्ला पोखराका ८७ वर्षीय पुरुषको मंगलबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको छ । गत साउन २२ गते ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएका थिए उनी हाइपरटेन्सन, सुगर र दीर्घ मिर्गौला रोगी थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

यी दुईसहित गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालभरमा भने १ सय १३ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस