आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

एपी खबर २०७७ भाद्र ३, बुधबार (३ साल अघि) ३५९ पाठक संख्या

बिरगंज  : वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

यस्तै, ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न नारायणी अस्पतालमा मृत्यु भएको थियो । उनीहरू दुबै जनाको बुधबार विहान रिपोर्ट पोजेटिभ आएको नारायणी अस्‍पताल प्रयोगशालाले जानकारी दिएको छ ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस