आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरामा ३० जना नयाँ कोरोना संक्रमित पुष्टि

प्रिती कुमारी, जीतपुर २०७७ भाद्र ५, शुक्रबार (३ साल अघि) ५५१ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकामा शुक्रवार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्थायी कोरोना अस्पताल सिमरामा भाद्र १ गते गरीएको स्वाब संकलन मध्ये ३१ जनामा कोरोना संक्रमण भएको जसमध्ये ३० जना जीतपुसमरा र एक जना परवानिपुर गाउँपालिकाको रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

 

भाद्र १ गते एक सय ८९ जनाको स्वाब परिक्षण गरीएको थियो । संक्रमित मध्ये वडा नम्बर १ का दुईजना, वडा नम्बर २ का दुईजना, वडा नम्बर ३ का एकजना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ७ का एकजना, वडा नम्बर १२ का चार जना, वडा नम्बर १५ का तीन जना, वडा नम्बर २० का चार जना, वडा नम्बर २३ का दुई जना रहेको अस्थायी कोरोना अस्पताल सिमराका डाक्टर दिपक गिरीले जानकारी दिनुभयो ।

 

उहाँले परवानीपुरका एकजना यसअघि पनि संक्रमण रहेको र उनको पूनः परीक्षण गर्दा पनि संक्रमण देखिएको जानकारी दिनुभएको छ । संक्रमण देखिएका मध्ये एक जना सशस्त्र प्रहरी, ५ जना थुनुवा र बाकीँ कन्ट्रयाक्ट टेर्सिगमा परेकाहरु रहेको डाक्टर गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस