आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना संक्रमणबाट धरानमा एक जना पुरुषको मृत्यु

AuthorAP Khabar२०७७ भाद्र ६, शनिबार (३ साल अघि) २८२ पाठक संख्या

धरान : कोरोना संक्रमणबाट धरानमा एक जना पुरुषको मृत्यु भएको छ । योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

शनिबार बिहान ११ बजेर ३० मिनेटमा धरान उपहानगरपालिका–१५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

गत साउन २७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएका उनमा उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

यसअघि धरान–१५ कै एक वृद्धाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस