आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्ज महानगरपालिकामा मेयर विजयकुमार सरावगी कोरोना मुक्त

एपी खबर २०७७ भाद्र ८, सोमबार (३ साल अघि) ५८६ पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा मेयर विजयकुमार सरावगी कोरोना मुक्त भएका छन् । उनी २५औँ दिनमा कोरोना मुक्त भएका हुन् ।

आइतबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सरावगीको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।

गत साउन १४ गते कोरोना संक्रमण पुष्टि भएका सरावगीलाई १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । पटक–पटक गरिएको कोरोना परीक्षणपछि आइतबार मेयर सरावगीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

मेयर सरावगीका सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो । उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेका छन् । केही दिनभित्रै महानगरवासीको सेवा आफू जुट्ने मेयरले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस