आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट बुधबार ७३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्के

एपी खबर २०७७ आश्विन ७, बुधबार (३ साल अघि) ३५९ पाठक संख्या

बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट बुधबार ७३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार दिनदिनै ठुलो संख्यामा संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेपछि संक्रमित निको हुने दर बढेर ८० प्रतिशत पुगेको छ ।

यसअघि केही दिन पहिलेसम्म जिल्लामा निको हुने दर ७३ प्रतिशत रहेको थियो । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बुधवार ७३ जना निको भएर घर फर्किएसँगै जिल्लामा निको हुनेहरु संख्या १ हजार ३३७ जना पुगेको बताए । बाँकेमा हालसम्म १ हजार ६७४ जनामा संक्रमण पुष्टि भएकोमा १ हजार ३३७ जना निको भएर घर फर्किएका छन् ।

जिल्लाका विभिन्न आइसोलेसन तथा होमआइसोलेसनमा अझै पनि ३२६ जना संक्रमितको उपचार भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार जिल्लामा ११ वटा क्वारेन्टाइन र १७ वटा आइसोलेसन सेन्टरहरु सञ्चालनमा रहेका छन् । क्वारेन्टाइनमा ७६ जना रहेको पनि उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस