आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लोक सेवाले परीक्षा सुचारु गर्ने, अधिकृतको परीक्षा कात्तिक १८ देखि

एपी खबर २०७७ आश्विन ९, शुक्रबार (३ साल अघि) ४४४ पाठक संख्या

कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार परीक्षा सुचारु हुन लागेको हो ।

मन्त्रिपरिषद्ले अनुमति दिएपछि आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्न लागिएको छ । परीक्षाका लागि आयोगले विशेष मापदण्ड बनाएर लागू गर्ने भएको छ ।

कोरोनाका कारण करिब १३ हजार पदको भर्ना प्रक्रिया स्थगित भएको थियो । यो वर्षको पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस