आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको चन्द्रपुर नगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालन हुने

एपी खबर २०७७ आश्विन ११, आईतबार (३ साल अघि) ७४६ पाठक संख्या

रौतहट;विश्वव्यापी रुपमा फैलिएको कोरोनाको सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन रौतहटको चंद्रपुर नगरपालिकामा असोज ११ गतेदेखि निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्ने भएका छन् ।

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी रौतहटका चन्द्रपुर नगरपालिका भित्रका विद्यालय आज (आइतबार) देखि सञ्चालन हुने नगरपालिका जनाएको हो ।
चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ ।
सुचनामा २०७७ को चैत्र मसान्त सम्मको बिषयगत शैक्षणीक कार्ययोजना निर्माण प्र.अ समक्ष पेश गर्न भनिएको छ ।

हाललाई ८,९ र १० संचालन हुने बिद्यालयहरुले बढीमा २५ जना बिधार्थिहरुलाई समुहगत हिसाबले पठनपाठन गराऊँन निर्देशन दिइएको छ ।
कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने,बिद्यालय कक्षा कोठा दैनिक सेनिटाईज गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन गरिएको छ ।
विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस