आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२५ सय कोरोना संक्रमित थपीदा २ हजार संक्रमणमुक्त

एपी खबर २०७८ भाद्र ८, मंगलबार (२ साल अघि) ३४१ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २० र ४ हजार ९ सय १ एन्टिजेन परीक्षणमा ५ सय ५ जना गरी २ हजार ५सय २५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको कोरोना भाईरसका कारण मृत्यु भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेका छन् ।

 

जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १ सय ५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६ सय २० जना आईसीयू र १ सय ७० जना भेन्टिलेटरमा उपचाररत् छन् । यसैबिच १० वर्ष मुनिका ३६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस