आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्साको जिराभवानी गाँउपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न

एपी खबर २०८० बैशाख २, शनिबार (१ साल अघि) १४० पाठक संख्या

पर्सा : पर्साको जिराभवानी गाँउपालिकामा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । न्यू सनलाइट यूवा स्पोर्ट क्लब सुपौलीको आयोजना तथा माट्रिका आई फाउण्डेशन वीरगञ्जको सहयोगमा शिविरको सम्पन्न भएको छ ।जिराभावानी गाउँपालिका–४ स्थित सुपौली स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको आयोजकले जनाएको छ ।

 

 

शिविरमा एक सय पचास जनाको आँखाको चेकजाँच गरिएको थियो । जसमध्ये ३५ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजक सस्थांका सदस्य चक्रधारी चौधरीले जानकारी दिनुभयो ।निशुल्क शल्यक्रिया गरिने माट्रिका आई फाउन्डेसन वीरगञ्जका राजेश चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस