आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

एपी खबर २०८० बैशाख ३, आईतबार (१ साल अघि) १६४ पाठक संख्या

सुदूरपश्चिम- सेती प्रादेशिक अस्पताल धनगढीमा आइसियु (सघन उपचारकक्ष) मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा आइतबार मृत्यु भएको छ।

 

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो।प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसीयूमा भर्ना गरिएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस