आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

एपी खबर २०८० बैशाख ३, आईतबार (१ साल अघि) १३१ पाठक संख्या

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ३७७ रहेको छ ।

 

आइतबार दिउँसो २ बजेको विवरणअनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ३७ जना, आईसीयूमा ११ जना र चारजना सङ्क्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।साथै पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस