आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु

एपी खबर २०८० बैशाख ५, मंगलबार (१ साल अघि) १३६ पाठक संख्या

काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको हो ।

 

साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमूना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस