आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि

एपी खबर २०८० बैशाख १२, मंगलबार (१ साल अघि) ९४ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५९१ जनामा कोरोना परीक्षण गर्दा थप १३६ जनामा कोरोना देखिएको हो ।

 

१५९१ परीक्षणमध्ये १०१९ जनाको पीसीआर परीक्षण र ५७२ जनामा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार ६४ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् ।यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ३९० पुगेको पनि मन्त्रालयले जनाएको । साथै, यस दिन कुनै कोरोना बिरामीको निधन भएको छैन ।

प्रतिक्रिया दिनुहोस