आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

एपी खबर २०८० बैशाख १३, बुधबार (१ साल अघि) ९१ पाठक संख्या

 काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना कोरोना सङ्क्रमितको  मृत्‍यु भएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलेशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।त्यसैगरी बुधबार ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस