आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विद्यालयमा छात्रामैत्री स्वास्थ्य संरचना हस्तान्तरण

एपी खबर २०८० जेष्ठ १८, बिहिबार (११ महिना अघि) १३६ पाठक संख्या

 नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको रामतीमा छात्रामैत्री पहिलो अभियान सञ्चालन गरिएको छ। रामतीको विद्यालयमा छात्राहरुका लागि छात्रामैत्री स्वास्थ्य संरचना निर्माण गरिएको हो।

 

दुप्चेश्वर गाउँपालिका ६ रामतीस्थित दुप्चेश्वर माविमा दुप्चेश्वर गापा, सहयोगी संस्था ग्रामीण विकास तथा सशक्तीकरण नेपाल रुडेक नेपाल र गुड नेवर्स इन्टरनेसनलको सहकार्यमा निर्मित महिनावारी व्यवस्थापनमैत्री स्वास्थ्य संरचना हस्तान्तरण भएको छ।

 

सो कार्यका लागि दुप्चेश्वर गापाको चार लाख तथा एकीकृत सामुदायिक विकास परियोजनाको ११ लाख ८५ हजार रुपैयाँ आर्थिक तथा प्राविधिक व्यवस्थापनमा छात्राहरुका लागि महिनावारी व्यवस्थापनमैत्री शौचालयको निर्माणसँगै विद्यालयलाई हस्तान्तरण गरिएको हो।

 

विद्यालयमा आयोजित कार्यक्रममा दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, दुप्चेश्वर ६ का वडाध्यक्ष किशोर आचार्य, विद्यालयका अध्यक्ष निलकण्ठ आचार्य र प्रधानाध्यापक समुन्द्र श्रेष्ठलाई स्वास्थ्य संरचना हस्तान्तरण गरिएको हो। रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, गुड नेवर्स इन्टरनेसनलका जनस्वास्थ्य प्रबन्धक रामनरेश यादव, गुड नेवर्स इन्टरनेसनलका नुवाकोट जिल्ला संयोजक दीपा सुवेदीबाट स्वास्थ्य संरचना हस्तान्तरण गरिएको रुडेक नेपालका जनस्वास्थ्य अधिकृत रविन धितालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस