आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

९ जिल्लामा दादुरा-रुबेला खोप लगाइने

एपी खबर २०८० जेष्ठ २४, बुधबार (११ महिना अघि) १०७ पाठक संख्या

काठमाडौँ — सरकारले ९ जिल्लामा दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ ।६ महिनादेखि १५ वर्ष उमेरमुनिका बालबालिकालाई दादुरा-रुबेला खोप दिइने भएकाे हाे ।

 

देशमा विभिन्न जिल्लाहरुमा दादुरा महामारी देखिएको र यो महामारी अन्य जिल्लामा फैलन सक्ने जोखिम रहेकाले नेपाल सरकारले जोखिममा रहेका ९ वटा जिल्लामा खोप दिन लागेकाे हाे ।

 

सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा खोप अभियान सञ्चालन गरिनेछ ।परिवार कल्याण महाशाखा खोप शाखाले सूचना जारी गर्दै नजिकैकाे स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।

 

दादुरा रोगमा छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ । पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि यस अभियानमा अनिवार्य एक मात्रा खोप लगाउन र अकालमै मृत्यु हुनबाट जोगिन महाशाखाकाे अनुराेध छ ।

प्रतिक्रिया दिनुहोस