आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज कुन – कुन राशिका लागि फलदायी ?

AuthorAP Khabar२०७७ श्रावण ३, शनिबार (३ साल अघि) ३३२ पाठक संख्या

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपार्ईँकै पक्षमा आउँनेछन् भने प्रतिस्पर्धी हरुलार्ई परास्त गर्दै अगाडी बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ । बिद्यार्थी वर्गहरुले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुदा कामहरु समयमा बन्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्य हरुविच घनिष्टता बढेर जानेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेयोग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । बिहानको समय राम्रो रहेकोले व्यापारको लागी रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आम्दानिको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतीको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिडी चड्न सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई विस्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृतीसँग सम्वन्धीत सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्वन्धीत कामहरु समयमा नै सम्पन्न हुनेहुदा मन प्रशन्न रहनेछन् । बिहानको समय मध्ययम रहेकोले अटोपार्ट सम्बन्धि काम गर्दा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी विच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ । जीवन साथी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउँनेछ । बिद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाई हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धन सम्पती लाभ हुने समय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुनेहुदा सामाजिक पद प्रतिष्ठा पाइने योग रहेकोछ । अध्ययन अध्यापनमा समय दिए अनुशार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ । आमा वा अग्रजको सुझाबलाई मनन गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रिबाट मनग्गे धन लाभ हुनेछ भने माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

प्रतिक्रिया दिनुहोस