आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१५ दिनभित्र विदेशी च्यानलमा क्लिन फिड पूर्ण कार्यान्वयनमा आउने

एपी खबर २०७७ कार्तिक १५, शनिबार (३ साल अघि) ७२५ पाठक संख्या

काठमाडौं : नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा विज्ञापनरहित क्लिन फिड कार्यान्वयन आउने भएको छ ।क्लिन फिड लागू गर्न आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण बन्द रहेकोमा अबको १५ दिनभित्र सम्पूर्ण तयारी सकिने नेपालका टेलिभिजन वितरकहरूले बताएका छन् ।

 

 

गत कात्तिक ७ गतेदेखि क्लिन फिड लागू गरेकोमा त्यसको कार्यान्वयन गर्न नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द छ । ऐनले नै तयारीका लागि एक वर्षको समय उपलब्ध गराउँदा पनि तयारी नगरेपछि कात्तिक ७ गते यता विज्ञापनसहितका विदेशी च्यानलको प्रसारण वितरकहरूले नै बन्द गरेका थिए ।

 

 

सरकारले क्लिन फिड कार्यान्वयन गर्न पर्याप्त समय दिए पनि उपकरण आयातको अनुमति र त्यसको जडानमा भएको ढिलाइले कतिपय च्यानलमा पूर्ण रूपमा क्लिन फिड लागू हुन नसकेको नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष धुब्र शर्माले जानकारी दिए ।क्लिन फिड कार्यान्वयन गर्दा ग्राहकलाई थप मूल्य बढाउन नपाइने सरकारले स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस