आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्य, एक जना घाइते

एपी खबर २०७९ माघ २, सोमबार (१ साल अघि) १४५ पाठक संख्या

सिमरा : बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भने एक जना समान्य घाइते भएका छन् ।

आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना.२६ प.२२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो ।

 

दुर्घटनामा परि मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका-१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारी रहेको बारा प्रहरिले जनाएको छ। उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

 

दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाईते छन् । एउटै मोटरसैइकलमा तीन जना सवार रहेको थियो। दुर्घटनामा परी घाईते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाईकल दुर्घटना भएको जानकारी गराएका थिए । दुर्घटनाको बारेमा सोमबार बिहान २ बजे मात्रै खबर पाएको प्रहरीले जनाएको छ ।

 

कासिम र ताही भेटिएका थिएनन् । खोजतलासको क्रममा कासिमलाई बिहान ९ बजे घटना स्थल भन्दा २ किलोमिटर दक्षिणतर्फ खोला किनारमा घोप्टो परेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।प्रहरी टोलीले मोटरसाईकल थलही खोलामा नै भेटाएको थियो ।

प्रतिक्रिया दिनुहोस