आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बेरोजगार महिलाहरुको लागि १ महिने सिलाई कटाई सिपमुलक तालिमको उद्घाटन सम्पन्न

अखिलेश कुमार यादव २०८० बैशाख १५, शुक्रबार (१ साल अघि) १६१ पाठक संख्या

सिमरा : बेरोजगार महिलाहरुको लागि १ महिने सिलाई कटाई सिपमुलक तालिमको शुक्रबार उदघाटन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ स्थित सगरमाथा सहकारी संस्था लिमिटेडको भवनमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा अध्यक्ष सुनिल कुमार गुप्ताले एक कार्यक्रमको बिच शुक्रबार उक्त १ महिने सिलाई कटाई तालिमको उद्घाटन गर्नु भएको छ ।

 

 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ को वडा स्तरीय बजेट बाट लक्ष्य प्राप्ति महिला बिकाश संस्थाले १ महिने सिलाई कटाई सिपमुलक तालिम संचालन गरेको संस्थाकी अध्यक्षले जनाएकी छिन ।१ महिने सिलाई कटाई सिपमुलक तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष गुप्ताले सिलाई कटाई तालिमले वडा न ७ भित्र रहेका महिलाहरु अब बेरोजगार भएर बस्नु पर्ने बाध्यताको अन्त्य हुने बताउनु भएको छ ।त्यस्तै उहाँले १ महिने सिलाई कटाई सिपमुलक तालिममा बेरोजगार भएर घरमा बसेका महिलाहरुलाई तालिममा आएर सहभागी भएर रोजगार बन्न आग्रह समेत गर्नु भएको छ ।

वडा न ७ को वडा स्तरीय ५ लाखको बजेट बाट पहिलो पटक १ महिने सिलाई कटाई सिपमुलक तालिम संचालनमा ल्याएको वडा सदस्य सिता उप्रेतीले बताईन ।वडा सदस्य उप्रेतीले बेरोजगार भएर घरमा बसेका महिलाहरुले आफ्नो श्रीमान संग केहि आवसय्क पार्ने समान किन्नको लागि पैसा माग्दा गालि खानु पर्ने भएकोले तालिममा सहभागिता जनाएर राम्रो संग सिलाई कटाई सिखेर आफैले आम्दानी गर्ने भएकोले यो तालिमको उद्घाटन गरिएको उनले बताईन ।उक्त १ महिने सिलाई कटाई सिपमुलक तालिमको उद्घाटन कार्यक्रममा लक्ष्य प्राप्ति महिला बिकाश संस्थाको पदाधिकारी,समाजसेवी अनिल गुप्ता,समाजसेवी अफताब आलम लगाएत तालिममा सहभागी भएको महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस