आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फतुवा विजयपुरका तत्कालीन मेयर गोपाल यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना

एपी खबर २०८० आश्विन २४, बुधबार (६ महिना अघि) ९४ पाठक संख्या

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकाको निलम्बित मेयर गोपाल राय यादव भष्ट्राचारमा दोषी ठहर भएपछि उनलाई बिशेष अदालतले ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरिने फैशला सुनाएको छ । विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए । उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोप यादवविरुद्ध लागेको थियो ।

 

मेयर यादव २०७४ सालको स्थानीय तहमा नेपालि कांग्रेसको तर्फ बाट मेयर पदमा निर्वाचित भएको थियो ।यादव २०७९ सालको स्थानीय तहमा पनि नेपालि कांग्रेस को तर्फ बाट पुनः मेयर पदमा निर्वाचित भएका थिए ।निर्वाचित भए लगतै मेयर यादव लगाएत २० जना माथि अख्तियारमा मुदा दर्ता भएको थियो भने यादवलाई अदालतले निलम्बित समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस