आज:  २०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नगरप्रमुख पौडेल संग व्यवसायीहरुको प्रश्न,मेयर साब फोहोर कहिले उठछ

अखिलेश कुमार यादव २०८० कार्तिक १७, शुक्रबार (६ महिना अघि) ११३ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका पर्यटक गन्तब्य बोकेको एउटा ठूलो उपमहानगरको रुपमा समेत बारा जिल्लामा चिन्ने गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले बिकाशको गतिमा समेत फन्को मारिरहेको छ तर आफ्नो नगर भित्र उत्पादन हुने फोहोर व्यवस्थापन गर्न लगातार चुक्दै आईरहेको छ ।

 

बारा जिल्लाको एउअता इतिहास बोकेको उपमहानगरले फोहोर व्यवस्थापन गर्न न सक्दा पर्यटक गन्तब्य बोकेको सपना समेत अधुरो हुने हो कि भनेर डर उतिकै छ ।पछिल्लो समय फोहोर व्यवस्थापनलाई लिएर निकै नै आलोचित बनेको जीतपुरसिमरा उपमहानगरपालिका दशैं अगाडी फोहोर व्यवस्थापन न गरेको होईन ।फोहोर व्यवस्थापन गरेर स्याबासी समेत पाएका उपमहानगर अहिले स्याबासी भन्दा बढी आलोचित समेत हुन् पुगेको छ । आज भोलि जीतपुरसिमरा उपमहानगरपालिकाको स्थानीय,ब्यापारीले त् नगरप्रमुख राजन पौडेल संग फोहोर कहिले उठने मेयर साब भनेर प्रश्न समेत गर्न थालेको छ ।

 

फोहोर व्यवस्थापनको आलोचानी खेपिरहेका जीतपुरसिमरा उपमहानगरपालिका फोहोर व्यवस्थापन गर्नको लागि मधेश प्रदेशको एक मात्र महानगर रहेको बिरगंज महानगरपालिका संग सम्झौता समेत गरे ।महानगर संग गरेको सम्झौताको समेत उपमहानगरलाई आलोचना खेप्नु पर्यो पछि उपमहानगरले फोहोर व्यवस्थापनमा सक्रीयता देखाए पछि फोहोर नियमित उठन थाले जीतपुरसिमरा उपमहानगरपालिका स्वक्ष र सुन्दर देखिन थाले तर अहिले हेर्ने हो भन्ने जीतपुरसिमराको जीतपुर फोहोरले नै भरेको छ ।

 

जनता माथि करै करको भार बोकेका जीतपुरसिमरा उपमहानगरपालिकाले बिगत ५/६ दिन देखि जीतपुर बजारको फोहोर उठाउन छोडेकोले जीतपुरका ब्यापारीहरुको व्यवसाय नै संकटमा पर्ने खतरा बढेको जीतपुरका व्यवसायी सेराजुल मन्सुरले बताए ।आफुहरुले उपमहानगरलाई तिर्नु पर्ने कर समयमा तिरे पनि जीतपुरसिमरा उपमहानगरले समयमा फोहोर व्यवस्थापन गर्न न सके पछि बजार नै दुर्गन्धित हुन् थाले पछि किनमेल गर्न आउनेहरु फोहोरको कारण बजार पनि आउँन छोडेको उनले बताए ।यता जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले दशैं अगाडी नियमित रुपमा फोहोर उठाउने गरेको बताउदै आएको छ ।दशैंको बिदा भएकोले रोकिएको फोहोर फेरि उठन थालेको बताएका छन् ।. जीतपुरका व्यवसायीहरुको कमीकमजोरीले नै जीतपुर दुरागंधित बन्दै गएको उपमहानगरप्रमुख भोला प्रसाद अधिकारीले बताए । जीतपुरका व्यवसायीहरुले फोहोर दस्त बिन मा न हालेर जता ततै फालेको कारणले जीतपुरको फोहोर व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको समेत उपप्रमुख अधिकारीले बताए ।जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले पनि फोहोर व्यवस्थापनममा लगातार चुक्दै आईरहेकोले आलोचित बन्दै गएको छ । जीतपुरसिमराको सबैभन्दा बढी फोहोर उत्पादन हुने भनेको जीतपुर नै हो तर पनि उपमहानगरको कार्यालय लगातार फोहोर व्यवस्थापनमा चुक्दै आएको छ ।नियमित फोहोर उठने हो अनि व्यवसायीहरुले एक ठाउँमा फोहोर जम्मा गरेर राख्दिने हो भने जीतपुरको फोहोर व्यवस्थापनमा सहजता हुने छ ।

प्रतिक्रिया दिनुहोस