आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर बजारमा पटाखा बेचन जीतपुर र सिमरा प्रहरीलाई १ लाख २० हजार नजराना

अखिलेश कुमार यादव २०८० कार्तिक २५, शनिबार (५ महिना अघि) ७४ पाठक संख्या

बारा : सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि रोकिएको छैन।  तिहार र छठलगायत पर्वलाई लक्षित गरी तस्करहरुबाट ठूलो परिमाणमा अवैध रूपमा प्रसस्त पटाका भित्रिरहेको छ।बाराको अधिकान्श बजारमा अहिले तस्करी गरेर ल्याईएको पटाकाको छ्यापछ्यापी छ।

 

सरकारले पटाका आयतलाई पूर्ण प्रतिबन्ध लगाए पनि बाराको जीतपुर बजारमा ठूलो मात्रमा खुल्ला रुपमा पटाका बिक्री बितरण भईरहेको पाईएको छ ।जीतपुर बजारमा खुल्याम रुपमा पटाका बिक्रि बितरण भईरहदा समेत ईलाका प्रहरी कार्यालय जीतपुर मौन भएर बसेको छ ।

 

ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्ज वरिष्ठ प्रहरी नायब निरिक्षक रमन पन्डितको मिलोमतोमै जीतपुर बजारमा भारी मात्रमा भारत बाट तस्करी गरेर ल्याईएको पटाका भित्रीएको छ ।जीतपुर बजारमा खुल्याम रुपमा पटाका बिक्रि बितरण भईरहदा समेत प्रहरीले केही चासो न लिए पछि प्रहरीकै मिलोमतोमा पटाका बिक्रि बिररण भईरहेको प्रष्ट भएको छ ।

 

नेपाल प्रहरीले पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।यता प्रहरीले नै निकालेको सूचनाको अपहेलना गर्दै ईलाका प्रहरी कार्यालय जीतपुरले बजारमा पटाका बिक्री भईरहेको थाह पाएर पनि थाह नपाएको जसो गरिरहेको छ।

 

एक सूचना जारी गर्दै प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गरेको छ । त्यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।तर प्रहरी संगठनकै मिलोमतोमा पटाका नेपाल भित्रीनु र खुल्ला रुपमा बिक्री गर्नु कानुन बिपरित रहे पनि यश तर्फ अहिले सम्म उच्च अधिकारीको ध्यान जान सकेको छैन।

 

जीतपुर बजारमा खुलेयाम रुपमा पटाखा विक्रि गर्न ईलाका प्रहरी कार्यालय जीतपुर र ईलाका प्रहरी कार्यालय सिमरालाई एक लाख २० हजार नगद दिपावलि खर्च दिईएको स्रोतले बताएको छ। प्रहरीकै मिलोमतोमा बाराको अधिकान्श बजारमा अबैध रुपमा पटाका भित्रीएको र अहिले तिहार र छठ पर्वलाई लक्षित गरेर बिक्री बितरण भईरहेको छ।जिल्ला प्रहरी कार्यालय बाराले समेत पटाका बिक्री भैइरहेको थाह पाए पनि पटाका बिक्री गर्नेलाई कार्वाही गर्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस