आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सबैको सहकार्यमा योजना बनाएर नगरको विकासमा नगरप्रमुख पौडेलको आग्रह

एपी खबर २०८० कार्तिक २८, मंगलबार (५ महिना अघि) ९० पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललाई सबैको सहकार्यमा योजना बनाएर नगरको विकासमा लागन जीतपुरबासिले अनुरोध गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जीतपुरका समाजसेवि तथा विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले मेयर पौडेललाई सबैको सहकार्यमा योजना बनाएर नगरको विकासमा लागन आग्रह गरेका छन् ।

 

जीतपुरमा मंगलबार बिहान चिया गफको क्रममा यहाँका भद्र भलादमीहरुले एकलैटि गरिने निर्णयका कारण यस नगरको विकास अगाडी बढन नसकेको बताएका थिए । जीतपु्रसिमरा उपमहानगरपालिकामा विकराल बन्दै गएको फोहरको समस्या समाधान गर्न नगर प्रमुख असफल भएको विषयलाई लिएर जीतपुरका स्थानिय संतोष सिहंले नगर प्रमुखको एक लौटि निर्णय र ठेकेदार कम्पनीको कमजोरीका कारण जीतपुरमा फोहर ब्यवस्थापन हुन नसकेको बताए ।

 

उनले ठेकेदारले मनोमानि गरिरहदा पनि नगरपालिका उदासिन देखिनुले ठेकेदारसंगको सम्बन्ध नगरको राम्रो नभएको बताए । यता जीतपुरका स्थानिय राजनितिज्ञ घन्शयाम गिरीले फोहर ब्यवस्थापनका साथै अन्य कामहरुको बैज्ञानिक रुपमा योजना तैयार गरेर अगाडी बढ्न पौडेललाई सल्लाह दिएका थिए ।सरसफाई कर्मि (मेस्तर) हरुलाई नगरले समयमा मासिक तलब दिन नसक्नु्, डम्पिङ्ग साईडको ब्यवस्थापन गर्न नसक्नु, जीतपुर बजारबाट उठाइएको फोहर मुख्य सडकको छेउमै डम्पिङ्ग गरिनु जस्ता समस्याबाट जीतपुर बजार ग्रसित बन्दै गएकाले यस बारेमा समयमै सहि निर्णय गरेर योजना बद्ध रुपमा अगाडी बढन् उपस्थित सबैले पौडेललाई जानकारी गराएका थिए ।

 

चिया गफमा नेकपा एमालेका मधेश प्रदेश सदस्य मनोज पौडेल, नेपाली काङ्ग्रेसका कृष्णब्रत सिहं, स्थानिय समाजसेवि एवम जसपाका नेता शिवजी साह सोनार, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष संजय साह लगाएतको उपस्थिती रहेको थियो । चिया गफ अवसरमा संचारकर्मि बिदुर खड्काले सहजीकरण गरेको थिए ।

प्रतिक्रिया दिनुहोस