आज:  २०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु, २८ जना घाइते

अखिलेश कुमार यादव २०८० पौष ४, बुधबार (४ महिना अघि) १९७ पाठक संख्या

बारा : बाराकाे जितपुर सिमरा उपमहानगरपालिकामा बस र ट्रक जुध्दा तीन जनाकाे मृत्यु भएकाे छ । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बा.३-००१ ख २५८७ नम्बरकाे बस र हेटौँडाबाट पथलैया जाँदै गरेकाे ना ७ ख ७३०० नम्बरको ट्रक आझ बिहान पुलमा जुधेका थिए । ट्रक र एक आपसमा जुध्दा ट्रक चालक तनहुँ जिल्ला को पिपरतार बस्ने अन्दाजी बर्ष २८ को पुरन गुरुङ्ग र बस चालक हेटौडा उपमहानगरपालिका वडा न ३ बस्ने अन्दाजी बर्ष ४० को हरिशम्शेर सुयाल थापाको दुर्घटनामा परि मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

दुर्घटनामा तीन जनाकाे मृत्यु हुनुका साथै २८ जना घाइते भएका छन् । घाइतेहहरूकाे कार्की मेडिकल हाल अमलेखगंज, हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । यता मृत्यु भएको एक जनाको पहिचान अझै हुन् सकेको छैन । घटना बारे ठप्प अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस