आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारबाहन क्षमता भन्दा बढि बोक्दा नेपाली मालबाहक ट्रक व्यवसायी समस्यामा

एपी खबर २०८० पौष ७, शनिबार (४ महिना अघि) १७३ पाठक संख्या

बारा । पर्साको बिरगंज नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गर्ने गरेको पाइएको छ ।

 

नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले नेपाल सरकारले कायम गरेको भारवाहन क्षमताको दोब्बर लोडसहित नेपाल आउने गरेको पाइएको छ ।भारतीय मालबाहक ट्रक भारवाहन क्षमताको दोब्बर लोडसहित बिरगंज नाका भएर नेपाल भित्रिने र बारा जिल्ला हुदैं नेपालको बिभिन्न ठाउँमा जाने गरेको हुनाले बाराको पथलैया अमलेखगंज सडकको अवस्था समेत जिर्ण बन्दै गएको छ ।नेपालि नम्बर प्लेटको मालबाहक ट्रकले २१ टन भन्दा बढी लोड गरेको खण्डमा ट्राफिक प्रहरीले जरिवाना लिने गरेको भए पनि भारतीय ट्रकले ४० टन भन्दा बढी लोड गरे पनि ट्राफिक प्रहरीले जरिवाना न लिने गरेको ट्रक यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।

 

‘कानूनले तोकेको भन्दा बढी भार बोक्न नपाइने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारी निकायको ध्यानाकर्षणका लागि नेपालि ट्रक व्यवसायी यातायातले बारम्बार ट्रकलाई रोके पनि सरकारको अहिले सम्म ध्यान पुग्न न सकेको बाराका ट्रक व्यवसायीहरुले बताएको छ । ओभरलोड बोकेका गाडीका कारण एकातिर नेपाली ट्रक व्यवसायीहरु ढुवानीको काम नपाएर खाली बस्नु परेको छ, अर्कोतिर नेपालका सडक र पुलमा ओभरलोडका कारण ठूलो क्षति भएको छ ।नियमअनुसार ६ चक्के ट्रकले ९.६ टन, १० चक्केले १६.२ टन, १२ चक्केले २१ टन, १४ चक्केले २५ टन र १८ चक्केले ३० टन बोक्न पाउँछन् । यही व्यवस्था अनुसार नेपालको सडकमा समेत बढीमा ३० टन बोकेका सवारी गुड्न पाउने व्यवस्था गरिएको छ । तर, भारतीय एउटै सवारीले ९६ टनसम्म सामान बोकेर आउने गरेका व्यवसायीहरु बताउँछन् ।

 

ती ट्रकमा उद्योगजन्य कच्चा पदार्थ, फलाम, मार्बल, टायल, फलफूल खाद्यान्न लगायत सामान हुने गरेको छ ।क्षमताभन्दा दोब्बर-तेब्बर भारको सामान बोकेका सवारी साधनको भन्सार विन्दुमै भारमिलान गरी गन्तव्यमा जानुपर्ने कानूनी व्यवस्था छ । भार मिलान गर्दा मापदण्ड बढी सामान अनलोड गर्नुपर्ने हुन्छ । तर यसो नगर्दा मापदण्ड बढी भार बराबरको सामान स्वदेशी ट्रकले ढुवानी गर्न पाउने अवसरबाट वञ्चित हुन पुगेको ट्रक यातायात व्यवसायीहरुले बताए ।राजमार्ग सुरक्षा व्यवस्था कार्यालय बाराको पथलैयामा भए पनि अधिकांश मालबाहक भारतीय नम्बरको ट्रक जाने गरेको भए पनि मधेश प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक सन्तोष भट्टराईले भारतीय नम्बर प्लेटको मालबाहक ट्रकलाई जान दिने अरेको पाईएको छ ।

 

नेपाल मालबाहक ट्रकले ओभरलोड गरेको पाए पछि ट्राफिक प्रहरीले जरिवाना समेत लिने गरेको छ ।भारबहन नियमन सम्बन्धी निर्देशिका- २०७४ अनुसार भारतबाट ओभर लोड बोकेर आउने गाडीले भन्सार विन्दुमै भारमिलान गरी सम्बन्धित ठाउँमा जानुपर्ने व्यवस्था रहेपनि कार्यान्वयन नभएको र यसलाई अब नियमन गरि अगाडी बढाउने बाराका प्रमुख जिल्ला अधिकारि नवराज सापकोटाले बताए । यसरी भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्वसमेत छल्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस