आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पाँचौ बकुलिया भवानीपुर गोल्डकप हेर्न दर्शकको घुइँचो

अखिलेश कुमार यादव २०८० चैत्र २२, बिहिबार (३ हप्ता अघि) १७० पाठक संख्या

बारा ः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियामा जारि रहको पाँचौ बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता हेर्न हेर्न आउने दर्शकको क्रेज बढेको छ । बकुलिया भवानीपुर गोल्डकपको अघिलो संस्करण भन्दा पाँचौं संस्करणमा दर्शकहरुको संख्या बढेको छ ।शनिवार बिरगंज युनाईटेड र एफरेष्ट फूटबल एकेडमी सर्लाहीको खेल हेर्न गएको तुलनामा दर्शकको संख्या उल्लेख्य वृद्धि भएको हो ।बकुलिया स्थित रहेको फूटबल मैदान अहिले चलिरहेको पाँचौ बकुलिया भवानीपुर गोल्डकपको कारण भरिभराउ भएको छ ।दैनिक हजारौको संख्यामा अहिले दर्शकहरु पाँचौ बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता हेर्न आउँ थाले पछि दर्शकको घुइँचोन्ने लाग्न थालेको छ ।चैत १६ गते देखि सुरु भएको प्रतियोगिता चैत २३ गते सम्म चल्ने छ भने प्रतियोगितामा करिब २० हजार दर्शकहरुले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकामा फूटबलको बढी क्रेज भएको कारण फूटबल हेर्न आउने दर्शकको कारण अहिले बकुलिया फूटबल मैदान भरिभराउ भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका अहिले खेलमय बनेको छ उपमहानगरको बकुलियामा भईरहेको पाँचौ बकुलिया भवानीपुर गोल्डकपमा मैदानको वरिपरि दर्शकहरुको संख्याले मैदान अहिले भरिभराउ हुन् थालेको छ ।दर्शकको लागि खुल्ला गरिएको मैदानमा अहिले दैनिक ३ हजार सम्म दर्शकले गोल्डकप हेर्न आउने गरेको जन्कल्यान्कारी क्लबका अध्यक्ष श्रीराम चौधरीले बताए । दिउसो ४ बजे देखि सुरु हुने प्रतियोगितामा खेल हेर्नको लागि ३ बजे देखि नै बकुलिया फूटबल मैदान भरिभराउ हुने गरेको छ । खुल्ला रुपमा मैदान रहेको र दर्शकलाई निःशुल्क प्रवेश रहेकोले बकुलिया भवानीपुर गोल्डकप प्रतियोगितामा दर्शकहरुको घुइँचो लाग्ने गरेको अध्यक्ष चौधरीले बताए ।

 

बकुलिया फूटबल मैदान मर्मतको पर्खाईमा

 

जीतपुरसिमरा उपमहानगरपालिका –५ मा रहेको बकुलिया फूटबल मैदान अहिले मर्मत र फराकिलो बनाउने पर्खाईमा रहेको छ ।बकुलिया भवानीपुरले गोल्डकप हरेक बर्ष गराउने गरेको र देशका लागि राष्ट्रिय खेलाडी समेत उत्पादन गरेर दिएको तर अहिले उक्त मैदान मर्मतको पर्खाईमा रहेको छ ।वडा न ५ को मात्र नभएर जीतपुरसिमरा उपमहानगरको एउटा अति सुन्दर फूटबल मैदानमा बकुलिया फूटबल ,मैदान समेत पर्ने गरेको छ तर उक्त मैदानलाई सतारोंनती तर्फ कसैको ध्यान पुग्न सकेको छैन ।यता मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले बकुलिया फूटबल मैदानलाइ फराकिलो बनाउनको लागि आफ्नो संसदीय बजेट बाट सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।जीतपुरसिमरा उपमहानगरले पनि बकुलिया फूटबल मैदानलाई संरक्षण तर्फ ध्यान दिने हो भने उपमहानगर भित्र अर्को एउटा राम्रो फूटबल मैदान बन्ने छ ।

 

कहिले सम्म चल्छ प्रतियोगिता,प्रतियोगिताको धनराशी कति छ ?

चैत १६ गते देखि उद्घाटन भएको पाँचौ बकुलिया भवानीपुर गोल्डकप चैत २३ गते सम्म चल्ने छ ।प्रयियोगितामा ८ टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको बिजेताले यस बर्ष नगद २ लाख र उपविजेताले नगद १ लाख पुरस्कार पाउने वडा न ५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले बताए ।चौथो बकुलिया भवानीपुर गोल्डकपमा रहेको पुरस्कार राशिलाई यस बर्ष बढाईएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका ५ को कार्यालय र जीतपुरसिमरा उपमहानगरको कार्यालयको सहयोगमा उक्त प्रतियोगिता संचालन भईरहेको छ

प्रतिक्रिया दिनुहोस