आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अव्यवस्थित रुपमा टाँगिएको तारले दुर्घटनाको जोखिम बढायो

अखिलेश कुमार यादव २०८० चैत्र २३, शुक्रबार (३ हप्ता अघि) २०० पाठक संख्या

बारा : केवल र इन्टरनेटका अव्यवस्थित तारले बाराका मुख्य बजारमा दुर्घटनाका साथै आगलागीको जोखिम बढेको छ । तारका कारण सडक किनारबाट हिँड्ने पैदल यात्री र साना सवारी साधनले सास्ती खेप्‍नु परेको छ।राजमार्ग छेउ लत्रिएका इन्टरनेटका तार दुर्घटनाका कारक बन्ने गरेको छ।जिल्लाको सदरमुकाम कलैया,जीतपुर,सिमरा,नितनपुर,बरियारपुर बजारहरूमा इन्टरनेट तथा केबल टिभी सञ्चालकले बिजुलीका पोलमा तार झुन्ड्याएका छन् ।

 

बाराका सडक क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ ।जिल्लाका विभिन्न क्षेत्र विद्युत्, टेलिफोन, केवलका तार अव्यवस्थित रुपमा टाँगिएको र तल्लो तहमा टाँगिएकाले ठूला सवारीलाई छुने गरेको छ । जसका कारण जोखिम बढेका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारा प्रमुख भिमकिरण बोगटीले बताए ।कतिपय स्थानमा चुँडिएका तार झुन्डिएर बसेका छन् भने कतिपय स्थानमा तारका गुजुल्टो नै अव्यवस्थित रुपमा देखिएको छ ।जिल्लाका विभिन्न क्षेत्रमा यत्रतत्र यस्ता समस्या रहेका छन् । नेपालमा धेरै क्षेत्रमा देखिएको यो समस्या बारामा पनि प्रसस्तै छ ।बिजुलीको पोलमा इन्टरनेट नेटवर्कले राखेको तार चुँडिएर विद्युतको नांङ्गो तारमा टाँसिएर आगो लाग्ने गरेको स्थानीय बताउँछन् ।

 

इन्टरनेट कम्पनीले पोलमा बाँधेको तार भुइँमा झर्दासमेत वास्ता नगरेको स्थानीयको गुनासो छ । इन्टरनेट,केबल र टेलिकमको पोलबाट लत्रिएका तारले बजार क्षेत्र कुरूप देखिनुका साथै पैदल यात्रु र मोटरसाइकल चालक जोखिममा रहेको छ ।पोलमा टाङ्गिएका तार व्यवस्थित नहुँदा तार हल्लिएर नांगो तारमा छुने र सर्ट भई आगलागीका घटना हुन थालेको र आफुहरुले पटक पटक केवल तार र इन्टरनेट प्रदायक कम्पनि संग तारलाई व्यवस्थित गर्ने आग्रह गर्ने गरेको नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र कलैयाका प्रमुख क्रषि कुमार वर्णवालले बताए ।

 

अव्यवस्थित ताराको कारण बाराको बजारको सौन्दर्यकारणमा असर पर्नुको साथै दुर्घटनाको जोखिम पनि उतिकै बढेको छ ।बारा जिल्ला औधोगिक क्षेत्र भएको कारण यहाँ दैनिक उधोगमा ठूल ठूला गाडीहरु समान ओसारपोसार गर्नको लागि भित्रिने गर्छ तर अव्यवस्थित ताराको कारण ठोला गाडीलाई उधोग भित्र पस्न धेरै गाह्रो हुने गरेको र तारमा गाडीले छुने गरेकोले दुर्घटनाको जोखिम बढेको छ ।इन्टरनेट सेवाप्रदायक कम्पनीले राखेको प्रतिबक्स ६ सयका दरले र प्रतिकिलोमिटर ७ हजारका दरले विधुत प्राधिकरणले बिजुलीका पोलको भाडा वापतको रकम लिने गरेको छ । तार टागे बापत इन्टरनेट सेवाप्रदायक कम्पनीले विधुत प्राधिकरणलाई तोकिएको भाडा तिर्ने नगरेको विधुत प्राधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस