आज:  २०८१ अषाढ ३२, सोमबार | Mon, 15, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सालाई पराजित गर्दै मकवानपुरले उचाल्यो प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि

अखिलेश कुमार यादव २०८० चैत्र १०, शनिबार ( ३ महिना अघि) २१६ पाठक संख्या

बारा : मकवानपुर क्रिकेट एशोसिएशनले प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधी जितेको छ । जीतपुरसिमरा -४ औराहा स्थित सेज क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा पर्सा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधी जितेको हो ।टस जितेर पहिला ब्याटिङ्ग गरेको पर्साले १९.४ ओभरमा अल आउट हुदैं ९० रन जोडेको थियो ।पर्साका लागि सुरज पटेलले सर्वाधिक ४५ रन बनाए ।पटेलले ४३ बलमा दुई चौका र तिन छाका प्रहार गरे ।यसैगरि पर्साका हासिम अन्सारी १० रन बनाए भने अन्य ब्याट्समैनले दोहोरो रन जोड्न सकेन ।पर्सालाई सस्तैमा समेट्नका लागि असिम श्रेष्ठले ३.४ ओभरमा घातक बलिङ्ग गर्दै सर्वाधिक ३ विकेट लिए भने पियुश शर्मा २ र बिशाल फुयाल र रोहित ठाकुरले समान १ विकेट लिए ।पर्साले दिएको ९१ रनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मकवानपुरले १२.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थिए ।मकवानपुरका लागि तक्षक सिम्खडाले ३० रन बनाए ।सिम्खडाले २० बलमा २ चौका र ३ छाका प्रहार गरे ।यसगरी मकवानपुरका बिशाल फुयाल २५,सक्षमले अविजित रहदै १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले एक्लै ३ विकेट लिए ।पर्सालाई ७ विकेटले पराजित गरे संगै प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरले उचालेको छ ।उपाधि संगै मकवानपुरले १ लाख नगद प्राप्त गरेको छ भने पर्साले ५० हजार हात पारेको छ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मकवानपुरका शुभ कंसकार घोषित भएका छन् ।उनले १० हजार नगद प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान मकवानपुरका शुभ कंसकार उत्कृष्ट बलर खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव घोषित भए ।विजेता तथा उपविजेता खेलाडीलाई नेकपा एमालेको पोल्युट ब्युरो सदस्य एवं पूर्व खेलकुद मन्त्री पुरुषोतम पौडेल ,मधेस प्रदेशसभा सदस्य देवनाराण चौधरी ,नेकपा एमालेको मधेश प्रदेश सचिव मनोज पौडेल लगाएतले पुरस्कार वितरण गरेका थिए ।जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र अभियान नेपालको आयोजनामा प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस