आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन

एपी खबर २०७९ आश्विन ५, बुधबार (१ साल अघि) ४४४ पाठक संख्या

एजेन्सी । चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । हृदयघातका कारण अगस्ट १० (बुधबार) अस्पताल भर्ना भएका राजु श्रीवास्तवको उपचारकै क्रममा निधन भएको छ ।

 

हृदयघात भएको ४२ दिनसम्म कोमामै रहेको ५८ वर्षीय राजु श्रीवास्तवको निधन भएको छ । भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सुमा उपचारकै क्रममा बुधबार श्रीवास्तवको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय संञ्चारमाध्यमका अनुसार बिहान व्यायाम गर्ने बेलामा उनलाई हृदयघात भएको थियो । हृदयघात भएलगत्तै उनलाई उपचारको लागि अस्पताल लगिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस