आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा र पर्सामा छयांकन हुने भो चलचित्र भूपति,फाल्गुन १ गते शुभमुर्हत

एपी खबर २०७९ पौष २३, शनिबार (१ साल अघि) ४९७ पाठक संख्या

सिमरा: कामेश्वर चौरसिया फिल्मस् एण्ड प्रोडक्सन प्रा.लि र बि.एस मेकर स्टुडियो प्रा.लि सिमराको संयुक्त लगानीमा नेपाली कथानक चलचित्र भूपति बन्ने भएको छ । नेपालि चलचित्र भूपतिको छायांकन मधेश प्रदेशको बारा र पर्सा जिल्लामा हुने भएको हो भने शुभमुर्हत फाल्गुन १ गतेको रहेको छ ।

 

बाराको सिमरा स्थित सगुन होटेलमा पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले फागुन १ गते भूपति चलचित्रको शुभमुर्हत गरिने जनाएको छ । निर्माण पक्षले सामाजिक बिषयलाई विशेष प्राथमिक्तामा राखेको छ । पत्रकार सम्मेलनमा बोल्दै कलाकार कामेश्वर चौरसियाले भूपति चलचित्रले समाजमा भईरहेको बिकृतीलाई देखाउन खोजेको बताउनुभयो । करिव ७५ लाखको लागतमा निर्माण हुन लागेको चलचित्र भूपति २ घण्टा ५ मिनेटको हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो।

चलचित्रमा कलाकार चौरसियासहित, सुनिता रसाईली, रियाज आचार्य, प्रदिप ढकाल, घनश्याम गिरि, ईरसाद खान लगायतले अभिनय गर्नेछन् । कलाकार चौरसियाले फागुन महिनाभित्र चलचित्रको छायांकन गर्ने गरी आन्तरीक तयारी तिब्र पारिएको बताउनुभयो ।

 

पत्रकार सम्मेलमा बोल्दै चलचित्र निर्देशक समाजका संस्थापक अध्यक्ष युवराज लामाले चलचित्र भूपतिको बिषयबस्तु समय सान्दर्भिक रहेको बताउनुभयो । चलचित्र भूपतिले समाजलाई सहि दिशामा लैजान ठुलो भुमिका खेल्ने भन्दै उहाले सफल्ताको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ताले चलचित्र भूपतिको लागि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा युवा व्यवसायी सुदिप लामा, समाजसेवी राजकुमार लामा,लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस