आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शाहरुखको ‘पठान’ आजदेखि प्रदर्शन, मोफसलका बन्द हल पनि खुले

एपी खबर २०७९ माघ ११, बुधबार (१ साल अघि) १९५ पाठक संख्या

काठमाडौँ: शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’ आजदेखि नेपालमा प्रदर्शन भएको छ। विश्वभरिका १०० देशमा एकसाथ प्रदर्शन भएको यस फिल्मले नेपालमा पनि आक्रामक शो पाएको छ।

 

यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले करिब साढे दुई करोड रुपैयाँमा नेपाल भित्र्याएको हो। दैशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘पठान’ लाई ११३ शो दिएको छ। त्यसैगरि, बिग मुभिज, वान सिनेमाज, क्युज सिनेमाज र एफक्युब सिनेमाजले पनि फिल्मलाई उत्साहजनक शो उपलब्ध गराएको छ।

 

आजका धेरै शोहरु मंगलवार नै ‘सोल्डआउट’ भइसकेका छन। ‘पठान’ प्रदर्शन भएसँगै बन्द भइसकेका नेपालका ६ हलहरु पुनः सञ्चालन भएका छन्।वितरक मनोन राठीका अनुसार मोरङको विराटचोक, पाल्पा, गोरखा, सर्लाहीको बरथहवा, दोलखाको चरिकोट र उदयपुरको गाईघाटमा रहेका हलहरु फेरि सञ्चालनमा आएका हुन।

 

पछिल्लो केही महिना यता नेपाली फिल्महरुले व्यापार गर्न सकिरहेका छैनन। तर, यस फिल्मको प्रदर्शनसँगै हलमा पुरानै माहोल फर्किने हलसञ्चालकको आशा छ।सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनको साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि यो शाहरूखको कमब्याक फिल्म हो।

प्रतिक्रिया दिनुहोस