आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘पठान’ को आक्रामक व्यापार जारी, ५ दिनमै कीर्तिमानी आम्दानी

एपी खबर २०७९ माघ १६, सोमबार (१ साल अघि) २५१ पाठक संख्या

मुम्बई– शाहरुख खानको नयाँ फिल्म ‘पठान’ ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । भारतमा मात्र होइन, बाहिर समेत पठानको आक्रामक व्यापार जारी रहेको छ ।

 

यो फिल्मले हरेक दिन नयाँ–नयाँ कीर्तिमान बनाउने क्रम जारी छ । चार वर्षपछि ठूलो पर्दामा फर्किएका शाखरुख खानको पुनरागमनले सिनेमा हलको रौनक फर्काएको छ ।

 

पठानका लागि दर्शकको उत्साह अद्भूत रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् पठानले उत्कृष्ट ओपनिङ गर्दै विभिन्न ठूला कीर्तिमानहरु यसअघि नै भंग गरिसकेको छ ।यो फिल्मले हिन्दी फिल्मको इतिहासमै सबैभन्दा ठूलो ओपनर फिल्मको रुपमा आफ्नो नाम लेखाइसकेको छ ।पठान सिनेमा हलमा आएको पाँच दिन बितिसकेको छ । यद्यपि, दर्शकमा यो फिल्मप्रतिको क्रेज घटेको छैन ।

 

यो सप्ताहन्त पठानकै नाममा रह्यो । आइतबार यो फिल्मले ७० करोड भारतीय रुपैयाँ आम्दानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।आइतबारको विदाले पनि पठानलाई फाइदा पुग्यो । भारतमा मात्र होइन, विश्वभरी नै पठानको क्रेज उस्तै छ । पठानको विश्वव्यापी ग्रस कलेक्सन पाँचौं दिनसम्म आइपुग्दा ५५० करोड भारु पुग्ने अनुमान गरिएको छ । जम्मा पाँच दिनमा ५५० करोड भारु आम्दानी गर्नु आफैंमा ठूलो उपलब्धि मानिएको छ ।

 

बक्स अफिसको यो तथ्यांकले शाहरुख खानलाई बलिउडका वास्तविक बादशाह हुन् भन्ने कुरा पुनः एक पटक प्रमाणित गरिएको छ ।लामो समयदेखि बलिउडले नै एउटा ठूलो सफलताको प्रतिक्षा गरिरहेको थियो । अधिकांश फिल्महरु फ्लप भैरहेको बेला तथा राम्रा फिल्महरुले समेत दर्शक नपाइरहेको बेला शाहरुख खानको पठानले फिल्म क्षेत्रलाई नै जीवनदान दिएको टिप्पणी गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस