आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अभिनेता पल शाह भोलि जेलमुक्त हुँदै

एपी खबर २०७९ फागुन १४, आईतबार (१ साल अघि) २६६ पाठक संख्या

काठमाडौँ- जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा पोखरा उच्च अदालतले अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ ।

 

 

पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।उच्च अदालत पोखराले आइतबार पुनरावेदनको सुनुवाई गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतको आदेशविरुद्द पोखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

 

 

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो ।

 

 

शाह एक वर्षयता कारागारमा छन् । आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस